अजयमेरुमा नेकपाका अगुवाकार्यकर्ता प्रशिक्षण सुरु {फोटोहरु}

डडेल्धुरा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अजयमेरुले अगुवाकार्यकर्ता प्रशिक्षण सुरु गरेको छ । पालिको वडा नम्बर २ चमडामा अजयमेरु गाउँपालिका कमिटीको आयोजनामा २ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको गाउँ कमिटी अध्यक्षय गणेश पाण्डेयले बताए ।

गाउँ तथा टोल कमिटी गठन तथा पार्टीको समिक्षा र पार्टीको सिद्धान्तबा बारेमा प्रशिक्षण दिन कार्यक्रमको आयोजना गरेको नेकपा डडेल्धुरा अध्यक्ष मानसिह मालले बताएका छन् ।


६ वडाका सहभागी नेता तथा अगुवाकार्यकर्ता भेलामा नेकपाका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला कमिटी गाउँ कमिटी सदस्य, अध्यक्ष तथा ईर्चाजहरु प्रशिक्षणमा सहभागी छन् । नेकपाका केन्द्रीय सदस्य तथा सुदूपश्चिम प्रदेश कमिटी सचिव नेप बहादुर चौधरीको प्रमुख आथित्यमा सुरु भएको कार्यक्रम शनिबार सकिने छ ।

फोटोहरु:-

Loading...