कैलाली : थरुहट मोर्चाको आन्दोलन सुरु, लक्ष्मण थारु अनसनमा

धनगढीः सरकारलाई दिइएको अल्टिमेटम सकिएपछि थरुहट÷थारुवान मोर्चा आन्दोलनमा उत्रिएको छ। मोर्चाले धनगढीस्थित क्याम्पस चौकमा आमरण अनसन सुरु गर्दै आन्दोलन थालेको हो।

मोर्चाका केन्द्रीय संयोजक समेत रहेका लक्ष्मण थारु असनमा बसेका हुन्। रेशम चौधरीलगायतलाई जेलबन्दीको रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक हुनुपर्ने लगायतका माघ गर्दै आन्दोलन थालिएको हो।

मोर्चाका संयोजक थारुले शान्ति र सद्भावको लागि आन्दोलन गरिएको बताए। फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गरिने र त्यतिले नभए फागुन ५ गतेदेखि ३ दिन आमहड्ताल गर्ने उनले चेतावनी दिए।

Loading...