सूचना प्रविधि गाउँमै : अति आवश्यक सूचनाले जिवनशैलीमा नै परिवर्तन

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका वडा १० राईमा सूचना प्रविधि केन्द्र स्थापना भएपछि नागरिले गाउँमै प्रविधि आएको महसुुस गरेका छन् ।
सूचना तथा नयाँ जानकारीबाट समेत बन्चित रहेका यस क्षेत्रका नागरिक सूचनाको पहुँचमा पुगेका छन् । टेक्नुहपले अमरगढी सरकारले संचालन गरेका योजना तथा बजेट निमार्ण प्रक्रिया र रकमबारे जानकारी भएको स्थानीयले बिहाबार आयोजीत एक कार्यक्रममा बताएका छन् ।


स्थानीय लक्ष्मी बोहराले भनिन्,‘ अमरगढी नगरपालिकाले गरेका योजना तथा महिला लक्षीत कार्यक्रमहरु हामी आजभोली टेक्नोहपबाटै पाईराखेका छौ।’


सेसि नेपाल अन्र्तगत सुशासन परियोजनाले निमार्ण गरेको टेक्नोहपमा नागरीक वडा पत्र, गाउँ तथा नगर सभाका बार्षीक नितीहरु, गाउँ तथा नगर सभा तथा कार्यपालिकाले गरेका निमार्णहरु, नगरपालिको बजेट तथा कार्यक्रमको बिवरण, कर सम्बन्धि बिवरण, जनतासंग जनप्रतिनिधी आधिकारी व्यक्ती बोलेको भिडीयो समाग्री, पालिका सम्बन्धि डाटा बिवरण, ऐन, नियम, कार्यविधी तथा प्रतिवेदनहरु एलइडीमार्फत देखाएपछि स्थानीय सेवा ग्राहीहरुलाई सहज भएको छ ।

सुचना प्रविधी केन्द्रको प्रयोगबारे बिहीबार नै सेसि नेपालको दातृ निकाय क्यानडा सरकारका अन्तराष्ट्रिय बरिष्ट विकास अधिकृत जेनेट एट्स, एसियाली सेसी निर्देशक, तथा सेसी नेपालका सुशासन परियोजना टिम लिडर हेम तेम्बेले स्थानीय नागरिक तथा सेवा ग्राहीसंग अन्तरक्रिया गरेका छन् ।

अन्तक्रियामा सहभागी अधिकाशले सेसी सुशासनले आफुहरुको समावेशी समुहदेखी सूचना प्रविधिका क्षेत्रबाट आफुहरुको जिवन शैलीमा नै परिवर्तन गरेकोले परियोजनाको समय बढाई सहयोग गरिनु पर्ने माग गरेका छन् ।

क्यानडा सरकारका अन्तराष्ट्रिय वरिष्ट विकास अधिकृत एट्सले आफुहरुले सानो बिउ रोप्ने काम गरेकाले अब हुरकाउने जिम्मवारी स्थानीय सरकार तथा जनताको भएको धारणा राखेका छन्।

ग्रामीण विकास केन्द्र डडेल्धुरामार्फ सञ्चालीत सुशासन परियोजना डडेल्धुराको नबदुर्गा र अमरगढी नगरपालिका टेक्नुहप नै निमार्ण गरि काम गरिरहेका सेसी नेपाल सुशासन परियोजनाका क्षेत्रीय कार्यक्रम संयोजक महेन्द्र शाहीले बताए ।

परियोजनाले नागरिकलाई सहज सूचनाका लागि मोबाइल फप समेत निमार्ण गरि सञ्चालन गर्ने सिकाएको संस्थाका जिल्ला कार्यक्रम संयोजक दिपक बोहराले बताए।

Loading...