डडेल्धुरामा प्रयोगशाला सम्बन्धि अर्धबार्षिक समिक्षा

डडेल्धुरा : डडेल्धुरामा प्रयोगशाला सम्बन्धि अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

स्थानीय स्तरमा संचालित प्रयोगशालाहरुको समग्र वस्तुस्थितीबारे छलफल, सबल र दुर्वल पक्षहरुको विश्लेषण गरि समस्या समाधानका उपायहरुको पहिचान गर्ने र कार्ययोजना बनाउने, औलो क्षयकुष्ठ तथा महामारिजन्य रोगहरुसंग सम्बन्धित तथ्याङ विश्लेषण गरि रेकर्डिङ तथा रिर्पाेटिङमा एकरुपता ल्याउने उद्देश्यले समिक्षा गोष्ठीको आयोजना गरेको हो ।

स्वास्थय कार्यालयको आयोजनामा सम्पन्न गोष्ठीमा डडेल्धुरा जिल्लाभरका ७ वटै स्थानीय तहका स्वास्थ्य संस्थाका प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । समिक्षामा तथ्याङ रिर्पोट गर्ने अधिंकाश स्वास्थ्यको गलत रिर्पोट भएकाले सच्चाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा डडेल्धुरामा १ हजार ५ सय ५६ जनालाई चेकजाचँ गदाँ २० जना मलेरीया भएको पुष्टी भएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाईजर हरिप्रशाद भट्टले प्रस्तुत गरेको तथ्याङमा उल्लेख छ ।

समिक्षा गोष्ठीमा आयोजक स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले प्रयोगशालाका कार्यरत स्वास्थ्यकर्मीले जिम्मेवार भएर काम गरिदिन आग्रह गरेका छन् । उनले भने, ‘सबै स्वास्थ्यको तथ्याङक ल्याबबाटै आउछ त्यसैले सबैले जिम्मेवार भएर काम गरिनुस।’

Loading...