अमरगढी : स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन ४ गतेदेखि हुने

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाले स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन ४ गतेदेखि सुरु गर्ने भएको छ । ।

गत वर्ष डडेल्धुराको अमरगढी–४ टुँडिखेलमा आयोजना गरिएको प्रतियोगिता यस वर्ष अमरगढी–३ मा रहेको रामलिला खेल मैदान(बगड)मा हुने आयोजक अमरगढी नगरपालिकाले जनाएको छ।

फागुन ८ गतेदेखि टुँडिखेलमा भ्रमण वर्ष २०२० लाई सफल पार्न सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सवको तयारी भइरहेकोले रामलिला खेल मैदानमा खेलकुद संचालन हुने भएका छन्।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स,मार्सल आर्ट लगाएतका खेलहरु हुने अमरगढी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए। खेलकुदमा सहभागी हुने खेलाडी विद्यार्थी माध्यमीक विद्यालयको कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत र १८ वर्ष उमेर ननाघेको हुनु पर्ने उनको भनाइ छ। आर्थिक वर्ष २०७६/७७को स्वीकृत कार्यक्रम अनुसार प्रतियोगिताको हुने भएको हो।

Loading...