डडेल्धुरामा ७ बर्षपछि दक्ष प्रसूति प्रदायक तालिम सुरु

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा ७ बर्षपछि दक्ष प्रसूति प्रदायक तालिम आईतबारबाट सुरु भएको छ । नेपाल सरकारको मातृ मृत्युदर र बाल मृत्युदर कम गर्ने उदेश्यका साथ स्वास्थ्य तालिम केन्द्र सुदूपश्चिम प्रदेश, धनगढीले दक्ष प्रसूति प्रदायक तालिम सुरु गरेको छ ।


यो तालिमको उदेश्य भनेको नर्सिङ कर्मचारी लाई दक्ष प्रसूतिकर्मी उत्पादन गरी मातृमृत्युदर घटाउनमा मद्दत गर्छ, प्रत्येक बर्थिङ सेन्टरमा २-३ जना दक्ष स्वास्थकर्मी हुनु पर्ने अहिलेको मापदण्ड छ, जसले गर्दा आमा र बच्चाको अकालमै मुत्युलाई न्युनिकरण हुने डडेल्धुरा अस्पतालका निमित्त प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताए ।

उद्घाट्न समारोहमा बोल्दै टिकापुर अस्पतालका प्रमुख डा.जितेन्द्र कडेलले डडेल्धुरा अस्पतालमा प्रसूतिकर्मी उत्पादन गर्ने मान्यता दिलाउन पहल गरेको र जसले गर्दा सुदुरपश्चिमको स्वास्थ अबस्था सुधारमा ठुलो टेवा पुग्ने बताए । उनले तालिम अबधिभर सहभागीले ध्यान दिएर सिक्नु पर्ने बताए ।

डडेल्धुरा अस्पतालले अब निरन्तर दुई तालिमहरु सबिएका सञ्चालन गरेको स्थायी मन्याता पाउने तालिम केन्द्र धनगढीले जनाएको छ । ६० दिन सञ्चालन हुने तालिमा डोटी र बझाङका अनमी र नर्सहरु सहभागी रहेको डडेल्धुरा अस्पतालका प्रयोगशाला ईन्र्चाज इश्वरीप्रशाद भुसालले बताए ।

Loading...