डडेल्धुराबाट एक महिलाको उद्धार

डडेल्धुरा : डडेल्धुराबाट एक महिलाको उद्धार गरिएको छ । केही दिनदेखि अलपत्र परेकी मानसिक सन्तुलन गुमाएकी महिलालाई शुक्रबार अमरगढि नगरपालिकाले र फेडो डडेल्धुराले लुगा कपडा सहयोग गरेको छ ।

सहयोगपछि महिलालाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुराको रहोवरमा धनगढीमा रहेको दृष्टि फाउन्डेसनमा पठाएको फेडो डडेल्धुराकी कार्यक्रम संयोजक सुनिता गैरेले बताइन् । प्रहरीले उनीसंग डडेल्धुराबाटै एक महिला प्रहरी पठाएको जनाएको छ । महिला केही दिन आगडी अलपत्र रुपमा अजमेरु गाउपलिकामा फेला परेपछि प्रहरीले उद्धार गरी सदरमुकाम ल्याएको थियो ।

Loading...