प्रादेशिक क्यान ईन्फोटेक २०२० फागुन २८ देखि धनगढीमा

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रादेशिक क्यान ईन्फोटेक २०२० को आयोजना हुने भएको छ। आगामी फागुन २८ देखि चैत्र १ गतेसम्म प्रादेशिक क्यान ईन्फोटेक २०२० हुन लागेकाे हाे।

क्यान केन्द्रको निर्णयअनुसार देशका सबै प्रदेशमा हुने क्यान ईन्फोटेक २०२० अनुसार यस प्रदेशमा पनि आयोजना हुन लागेको क्यानका केन्द्रीय सदस्य खेमराज ढुंगानाले बताए। प्रादेशिक क्यान ईन्फोटेक २०२० लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकको जिम्मेवारी पनि केन्द्रीय सदस्य ढुंगानालाई दिइएको छ। क्यान महासंघ जिल्ला शाखा कैलालीको निर्णयअनुसार धनगढीमा हुने क्यान इन्फोटेक २०२० को व्यवस्थापनका लागि ढुंगानालाई संयोजकको जिम्मेवारी दिइएको हो।

क्यान महासंघ केन्द्रीय समिति काठमाडाैंको संरक्षकत्व तथा प्रदेशको समन्वयमा क्यान ईन्फोटेकको आयोजना कैलाली जिल्लाले गर्न लागेकाे जिल्ला अध्यक्ष नरेश धामीले बताए। सूचना प्रविधिको जानकारी सर्वसाधारसम्म सहजै पुगोस भन्ने मुख्य उदेश्यका साथ क्यान ईन्फोटेक २०२० को आयोजना गर्न लागिएको क्यान कैलालीका अध्यक्ष धामीले बताए। क्यान ईन्फोटेकमा आईटी सेमिनार, सूचना प्रविधिका स्टल, सूचना प्रविधिका सामग्रीबीच प्रतिस्पर्धा, बिजनेश प्रमोसन, सूचना प्रविधि सुरक्षालगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ।

Loading...