कोरोना भाइरसका कारण विश्‍वव्यापी संकटकाल घोषणा

बेइजिङ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणका कारण ‘विश्वव्यापी संकटकाल’ घोषणा गरेको छ ।

चीनपछि १८ देशमा यो संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो । चीनमा मात्रै शुक्रबारसम्म कोरोना भाइरसबाट २ सय १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कमजोर मुलुकमा यो संक्रमण अझै फैलिनसक्ने सम्भावना छ ।

साथै यसको नियन्त्रणमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । छोटो अवधिमै कोरोना भाइरसको संक्रमण ९ हजार मानिसमा फैलिसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै एक लाख २ हजार मानिस प्रत्यक्ष स्वास्थ्य निगरानीमा छन् ।

Loading...